काठमाडौँ। गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा मागिदा प्रधानमन्त्री नै दबाबमा परेकी छिन । जेन जीका अगुवा सुदन गुरुङले निरन्तर रुपमा राजीनामा मागेपछि प्रधानमन्त्री सुशीला कार्की दबाब परेकी हुन । अब उनको समूह कुनै हालतमा गृहमन्त्रीबाट अर्याललाई हटाइछाड्ने प्रयासमा देखिएको छ ।
गुरुङले आज बिहान मात्रै गृहमन्त्रीलाई खोई लाज खोई नैतिकता खोई निष्ठा भन्दै प्रश्न गरेका छन । उनले सहिद र घाइतेहरूको घरघरमा निक भेट्नद नगएको भन्दै असन्तुष्टि जनाएका छन । उनले लेखेका छन,“खोइ त सहिद र घाइतेहरूलाई यसरी घरघरमा उनीहरूको अवस्था बुझ्न गाको ? तीमध्ये केहीले आफ्नो ज्यान गुमाएका छन्, केही खुट्टा गुमाएका छन्, केही बच्चाहरू टुहुरा भएका छन्, केही पक्षाघात भएका छन्। खोई लाज खोई नैतिकता खोई निष्ठा।”