Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पार्टीको रणनीति तय गर्न रास्वपाको विस्तारित बैठक आजदेखि

पार्टीको रणनीति तय गर्न रास्वपाको विस्तारित बैठक आजदेखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ । 

चितवनको सौराहामा हुने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ । बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने पार्टी सचिवालय सदस्य हरि ढकालले बताएका छन् ।

उनका अनुसार, बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, उपसभापति डा. स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।  

बैठकमा प्रदेश सभापतिहरूले प्रदेशभित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्नेछन् ।