Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अपशब्द बोलेको भन्दै बालेन शाह लक्षित केपी ओलीको कटाक्ष

अपशब्द बोलेको भन्दै बालेन शाह लक्षित केपी ओलीको कटाक्ष

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह प्रति अपशब्द बोलेको भन्दै कटाक्ष गरेका छन । ओलीले सामाजिक सञ्जालमा प्रयोग हुने अशिष्ट र अभद्र भाषाप्रति लक्षित गर्दै त्यसले नेपाली संस्कृति र सभ्यतालाई बिगारेको बताएका हुन ।

ओलीले अपशब्द बोलेर सुरु गर्ने र स्टाटस लेख्दाखेरि नेपालीले नबोल्ने भाषा लेख्ने गरेको भन्दै शाह लक्षित कटाक्ष गरेका छन ।  भक्तपुरको गुण्डुस्थित निवासमा पार्टीका नेता–कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले कसैको नाम उल्लेख नगरे पनि सो अभिव्यक्ति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति लक्षित रहेको बुझ्न सकिन्छ।