Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रामकुमारी झाँक्री देखि घनश्याम भुसाल सम्मको नेतालाई पार्टीबाटै हटाउने माधवकुमारको निर्णय

रामकुमारी झाँक्री देखि घनश्याम भुसाल सम्मको नेतालाई पार्टीबाटै हटाउने माधवकुमारको निर्णय

काठमाडौँ । घनश्याम भुसाल,रामकुमारी झाँक्रीसहितका ६  जना नेतालाई नेकपा एकीकृत समाजवादीले कारबाही गर्ने भएको छ ।

पार्टी विरोधी गतिविधि गरेको आरोपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले घनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान)लाई पार्टी सदस्य नरहने गरी निष्कासन गरेका छन्।

यो निर्णय बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले विधानको धारा १२१ (२) बमोजिम लिएको हो।
निर्णयमा भनिएको छ— “कुनै पनि व्यक्तिले पार्टीको नाम र पद प्रयोग गरी भेला, बैठक वा पत्रकार सम्मेलन गरे कारबाही हुनेछ।”

बुधबारमात्रै नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित १० दलले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाममा नयाँ एकता घोषणा गरेका थिए।
तर, निष्कासित नेताहरूले एकता प्रक्रियाको विरोध गर्दै आएका थिए।

bigyapti.jpg
undefined