Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रामकुमारी झाँक्री देखि सयौं कार्यकता एमालेमै जाने पक्का,सुटुक्क भेटे ओलीलाई

रामकुमारी झाँक्री देखि सयौं कार्यकता एमालेमै जाने पक्का,सुटुक्क भेटे ओलीलाई

काठमाडौं ।प्रचण्ड र माधवकुमार नेपालको एकतामा नगएपछि एमालेमै फर्किने तयारीमा रहेकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग भेटेर केहि दिनमै एमालेमा फर्किने निर्णय गरेका छन।

एमाले नेता महेश बस्नेतका अनुसार झाँक्रीसहित करिब ५० जना केन्द्रीय सदस्यहरू एमालेमा पुनः प्रवेश गर्न लागेका छन्। आगामी मंसिर २४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरी औपचारिक रूपमा पार्टीमा पुनः प्रवेश गराइने तयारी गरिएको छ।


बस्नेतका अनुसार नेताहरू बुधबार राति गुण्डु पुगेर अध्यक्ष ओलीसँग भेटघाट गरी पार्टीमा फर्कने विषयमा अन्तिम छलफल गरेका थिए। उनीहरू बिहान करिब २ बजे काठमाडौं फर्किएका थिए।

नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले हालै माओवादी केन्द्रसहित १० वाम दलसँग एकता गरेपछि असन्तुष्ट नेताहरू पार्टीप्रति असन्तोष व्यक्त गर्दै आएका थिए। यसबीचमा महासचिव घनश्याम भुसालले भने अलग्गै पार्टी पुनर्गठन गर्ने घोषणा गरिसकेका छन्।


एमाले फर्किन लागेका नेताहरूले नेपाल–प्रचण्ड गठबन्धनलाई “वाम एकता होइन, पदसम्झौताको परिणाम” भन्दै आलोचना गर्दै आएका छन्।