Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन शाह विरुद्ध युबा संगले दियो साइबर ब्युरोमा उजुरी

बालेन शाह विरुद्ध युबा संगले दियो साइबर ब्युरोमा उजुरी

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध उजुरी लिएर एमालेनिकट युवा संघ साइबर व्युरो पुगेर उजुरी दिएका का छन् ।


बालेनले लेखेको एउटा स्टाटसलाई लिएर उजुरीसहित उपाध्यक्ष महाराज गुरुङसहितका युवा संघका नेता कार्यकर्ता ब्युरो पुगेका हुन् । बिशेष गरि बालेनको स्ट्याटस आए पछि राजनितीक दलहरुले आक्रोस ब्यक्त गर्दै आएका थिए ।  बालेनले दुई दिनअघि मध्यरातमा अश्लील शब्द प्रयोग गर्दै गालीगलौजयुक्त स्टाटस लेखेका थिए ।

शाहले आफ्नो फेसबुक पेजमा अमेरिका, भारत, चीन तथा एमाले, कांग्रेस, रास्वपा, राप्रपा र माओवादीलाई लक्षित गर्दै आपत्तिजनक तथा अशिष्ट शब्दहरू प्रयोग गरेका थिए।उक्त स्टाटस पोस्ट भएको केही समयमै हटाइएको थियो। तर, सो अवधिसम्ममा धेरै प्रयोगकर्ताले त्यसको स्क्रिनसट लिइसकेका थिए। उनले हटाए पनि स्टाटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। शाह बेलाबेला आफ्नै अभिव्यक्तिबाट विवादमा तानिरहन्छन्। । उनीहरूले जनप्रतिनिधिले अश्लिल भाषामा सामाजिक सञ्जालमार्फत राजनीतिक दल छिमेकी राष्ट्रमाथि टिप्पणी गरेको भन्दै कारबाहीको माग गरेका छन्।

उनको उक्त पोस्टलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । जेनजी आन्दोलन गर्न युवाहरूलाई उक्साएको तर त्यसको स्वामित्व नलिएको, सुशीला कार्की नेतृत्वमा सरकार बनाउन भूमिका खेलेको तर अहिले सोही क्याबिनेटका गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन खोजेको लगायतका विषय जोडेर बालेनको आलोचना भइरहेको छ। उनले अन्तर्राष्ट्रिय शक्तिसँग साँठगाँठ गरेको आरोप समेत लागिरहेको छ । युवा संघले बालेनलाई विद्युतीय अपराध अन्तर्गत कारबाही गर्न माग गरेको छ । थुप्रैले बालेनको स्टाटसको आलोचना गरेका छन् । मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत वृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो ।

साइबर कानूनका बारेमा विद्यालय, कलेज तथा क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको महाशाखाले जनाएको छ ।  अहिले साइबर अपराधलाई महाशाखाले विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्दै आएको छ ।  विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा रु एक लाख वा दुवै सजाय हुने व्यवस्था छ । साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा यसको प्रयोग विभिन्न स्वरूपमा बढ्दो क्रममा रहेको छ । महिला, बालबालिका र विद्यार्थी यसबाट बढी पीडित बन्दै छन् । हालै सरकारले बढ्दो अपराधका घटनालाई नियन्त्रण र कडाइ गर्न कानुनी प्रबन्ध गरी नियन्त्रणको नीति ल्याइसकेको छ । साइबर क्राइम र अन्य अपराध नियन्त्रण गर्न भन्दै सरकारले व्यक्तिगत टेलिफोनसमेत रेकर्ड गर्ने तयारी गरेकाले त्यसको विरोध हुँदै आएको छ । यद्यपि, आधुनिक र सम्पन्न भनिएको सहरिया समाजमा अनेक प्रकारका साइबर क्राइम डरलाग्दो र गम्भीर समस्याका रूपमा बढ्दै गएका छन् ।