Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै पोखे आक्रोस जेनजीको माग पूरा नभए चुनाव हुन नदिने

सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै पोखे आक्रोस जेनजीको माग पूरा नभए चुनाव हुन नदिने

काठमाडौं । सामाजिक सञ्जालमा सार्वजनिक भएको एक पोस्टमा जेन जी अभियेन्ता सुदान गुरुङले गृह मन्त्री ओमप्रकाश अर्यालसमक्ष देशभर उठेका आवाज अनसुने रहँदा जनता र शहिदको पीडा बेवास्ता भएको आरोप लगाएका छन्। गुरुङले भ्रष्टाचार र हातहतियारसम्बन्धी घटनामा कारबाही नभएको भन्दै सरकारलाई कटु टिप्पणी गरेका छन्।

पोस्टमा गुरुंगको जोखिमपूर्ण चेतावनीसमेत देखिन्छ। उनले लेखेका छन्," यदि गृह मन्त्रीले पदमै अडिरहे भने दुई दिनभित्र हुने प्रेस कन्फेरेन्सले उनको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।" अन्त्यमा गुरुङले ठूला अक्षरमा लेखेका छन्: “DO YOUR DAMN JOB THAT YOU HAVE BEEN SENT FOR. जनता जागिसके। युवा जागिसके।”

Screenshot_6-11-2025_13010_www.facebook.com.jpeg

यो पोस्टपछि सरकारका प्रतिनिधि वा गृह मन्त्रालयबाट कुनै आधिकारिक प्रतिक्रिया भने आएको छैन।