Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै

विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ।

बिहीबार काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने सो पार्टीले जनाएको छ। त्यसका लागि मध्याह्न १२ बजे सुन्धाराबाट प्रदर्शन सुरू हुनेछ।

त्यहाँबाट प्रदर्शन गर्दै भृकुटीमण्डप पुग्ने र त्यहाँ जनसभामा परिणत हुने कार्यक्रम तय भएको छ। नेकपाबाट चिरन पुन समूहले विद्रोह गरी बुधबार माओवादी केन्द्रसहित १० वटा वाम घटकसँग एकीकरणबाट नेपाली कम्युनिस्ट पार्टी घोषणा गरेको छ।

जेनजी आन्दोलनपछि वाम एकताको पहल गरेका विप्लव भने बुधबारको एकतामा सहभागी भएनन्। 

उनले निर्वाचनमा आयोगमा आफ्नो दल दर्ता गरेका छन्। आयोगमा दल दर्ता गर्दा पार्टीको नाम भने कम्युनिस्ट पार्टी नेपाल राखिएको छ।