Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चाकडीमा लागिन् रामकुमारी झाँक्री, भन्छिन्– सुशीला कार्कीको औकात छ ओलीलाई बोलाएर कुरा गर्ने ?

चाकडीमा लागिन् रामकुमारी झाँक्री, भन्छिन्– सुशीला कार्कीको औकात छ ओलीलाई बोलाएर कुरा गर्ने ?

काठमाडौँ ।  कुनै बेला केपी ओलीकै उछितो काढेर एमालेबाट अलग भएकी रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादी त्यागेलगत्तै प्रशंसा गर्न थालेकी छन्। 

एमालेमा फर्किन संवाद गरिरहेकी एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य झाँक्रीले बुधबार काठमाडौँको बबरमहलमा पत्रकार सम्मेलन गरी यो पार्टीसँगको यात्रा अन्त्य भएको घोषणा गरेकी छन्।

यसपछि एक अन्तर्वार्तामा पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्ने ‘औकात’ प्रधानमन्त्री सुशीला कार्कीसँग नभएको बताएकी हुन्। 

यस्तै उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई पनि ओलीले बयान नदिने बताएकी छन्।

‘केपी ओलीलाई एरियाबन्दी गर्नुपर्ने कारणको जस्टिफाई गर्नुहुन्छ?‍‍...केपी ओलीले तिनलाई (गौरीबहादुर कार्कीलाई) बयान दिनु होला र? त्यो त टीकाराम यात्रीले पनि दिनुहुन्न, मैले त धेरै परको कुरा’, झाँक्रीले भनेकी छन्, ‘केपी ओली भेट्न जानुहोला त सुशीला कार्कीलाई फेरि?’ 

केपीजीले त बालकोटमा आऊ भनेर अर्को अन्तर्वार्तामा भन्दै हुनुहुन्थ्यो? भन्ने प्रश्नको जवाफमा झाँक्रीले भनेकी छन्, ‘भेट्न जानु हुन्न, बालकोट गए त आफ्नो घरमा बोलाउनु भो नि त! डढेको यो मेरो घरको खरानीमा तिमी प्रधानमन्त्री भको हौ, आऊ भेट भनेर सिम्बोलिक हिसाबले दिनु भको हो। केपी ओलीले यो आयोगलाई बयान देला? अनि केपी ओली सुशीला कार्कीलाई भेट्न जानुहोला र? अनि सुशीला कार्कीको औकात होला, यी मान्छेलाई बोलाएर कुरा गर्ने?’