काठमाडौँ । रवि लामिछानेलाई बयानका लागि लगिएको छ । रास्वपाका सभापति समेत रहेका लामिछानेलाई सिंहदबार लगिएसँगै पत्नी निकिता पौडेल पनि सिंहदरबार पुगेकी छन् । रविलाई केहीँ समय अगाडि मात्रै नख्खु कारागारबाट सिंहदरबार ल्याइएको हो । सिंहदरबारमा रविलाई भेट्नका लागि निकिता पनि पुगेकी हुन् ।यतिबेला रवि लामिछानेको बयान चलिरहेको छ भने निकिताले बाहिर पर्खिएकी छिन ।
भदौँको २३ र २४ गते भएको जेनजी प्रदर्शनको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उनलाई उपस्थित गराइएको हो । भदौ २४ मा लामिछाने कारागारबाट निस्केका थिए । यसअघि आयोगले सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो ।