Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

झाँक्री सहित १०० जना नेता एमालेमा फर्किदै, भन्छन् मूल घर फर्किंदै छौं हामी संग हाँसेर बोल्दिए पुग्छ

झाँक्री सहित १०० जना नेता एमालेमा फर्किदै, भन्छन् मूल घर फर्किंदै छौं हामी संग हाँसेर बोल्दिए पुग्छ

काठमाडौँ, नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज एकता घोषणा हुँदैछ ।नेकपा एमालेबाट विद्रोह गरेर छुट्टै पार्टी बनाएको एकिकृत समाजबादी माओवादीमा गाभिने भए पछि एकिकृत समाजबादीका असन्तुष्ट नेता पुरानै घर एमालेमा फर्कने तयारीमा छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपालबीच एकता हुन लागेको छ ।

पाटी एकताको बिरोधमा केहि नेताहरु पनि उत्रिएका छन् । एकता घोषणापछि नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी रहेको छ । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी रहने दलहरुबीच सहमति भएको छ भने चुनाव चिह्न पाँच कुने तारा रहने छ ।यता  नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एकीकृत समाजवादीसँग असन्तुष्ट रामकुमारी झाँक्रीको समूहले आज एमालेमा फर्किने भएका छन् । एको घोषणा गर्ने दाबी गरेका छन्।

 झाँक्रीसहित किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत एकीकृत समाजवादीका १०० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा फर्किने तयारीमा छन्। रामकुमारी झाँक्री बिशेष गरि अहिले एकताको बिपक्षमा छिन् । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले नेकपा एमालेमा निःशर्त फर्किन लागेको बताएका छन् । हामी विना सर्त एमालेमा फर्कन चाहान्छौँ, त्यो वातावरण बनाइदिन एमालेका नेताहरूलाई आग्रह गर्दछु’, ‘हामी जानेर नजानेर चार वर्ष अघि एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीतर्फ लागेका थियौँ ।’श्रेष्ठले भने,  उनले एकताभन्दा पनि पसिना बगाएको मूल घर फर्किन लागेको बताए ।

ओलीले बोलावटको पर्खाईमा रहेको बताएका छ। प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधि एमालेमा फर्किँदा हुन सक्ने कानुनी जटिलता (दलफेर सम्बन्धी कानुन, पद गुम्ने सम्भावना) बारे कानुनी सल्लाह भइरहेको एमाले नेता महेश बस्नेतले बताएका छन्। माधब नेपालले प्रचण्ड लगायतका अन्य नेता संग मिल्टै पार्टी एकता गरे पछि एकिकृत समाजबादीमा रणाको मच्चिएको छ । केहि समय अगाडी देखी नै झाक्री लगायतका नेता संग माधब नेपाल रुष्ट बनेका थिए । यता नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा समाजवादीबाट आउने नेताहरूलाई पार्टीमा स्वागत गर्न तयार रहेको बताएका छन् ।

जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै एकताको मुख्य आधार भएको उल्लेख गर्दै उनले अरू सबै तपशीलका विषय भएको उल्लेख गरेका छन् । आज नै एमालेमा भित्राउने गरि तयारी भई रहेको बुझिएको छ ।