Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

केपी ओलीले एमालेबाट निकालेका रावल प्रचण्डसँग मिल्ने सम्भावना

केपी ओलीले एमालेबाट निकालेका रावल प्रचण्डसँग मिल्ने सम्भावना

काठमाडौँ । एमालेका अध्यक्ष के पी शर्मा ओलीले पार्टी बाटै निकालेका भीम रावल पुष्पकमल दाहाल प्रचण्ड सँग मिल्ने संकेत देखिएको छ । ओलीको नेतृत्व प्रति प्रश्न गदैँ आएका रावललाई ओलीले केहीँ समय पहिले सधैँका लागि पार्टी बाटै निकालेका थिए । रावल एमाले बाट निकालिएपछि अभियान समेत चलाएका थिए ।

एमाले बाट निकालिए पछि रावललाई विभिन्न पार्टीले आउन समेत आग्रह गरेका थिए तर उनी आफैँ नेतृत्वको पार्टी खोल्ने मनस्थितिमा देखिन्थे । अन्तत रावल प्रचण्ड सँग मिल्ने संकेत देखिएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भीम रावलसँग पनि एकताका लागि छलफल भइरहेको जानकारी दिएसँगै यो संकेत देखा परेको हो ।

 नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा मंगलबार उनले रावल सँग छलफल भइरहेको बताएका हुन । रावलसँगको छलफल सकारात्मक भएकोे एकता घोषणा सभामा सहभागी हुनसक्ने पनि प्रचण्डले बताएका छन् ।