काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिने भएको छ। बयानका लागि लामिछानेलाई सिंहदरबारस्थित आयोगकै कार्यालयमा ल्याइँदैछ।
उनीसँग दिउँसो १ बजे बयान लिने जानकारी प्राप्त भएको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ।
लामिछाने भदौ २४ गते ललितपुरको नक्खु कारागारबाट बाहिर आएको विषयमा आयोगले बयान लिनेछ। उक्त लिन लामिछाने कारागारले यहाँ सुरक्षा दिन नसक्ने भन्दै पत्र दिएको बताउँदै जेलबाट बाहिर आएका थिए।
यसै विषयमा आयोगले लामिछाने, उनकी पत्नी निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसँग पनि बयान लिने तयारी गरेको छ।