Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कुलामानका कारण नेपाल-भारत ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा ब्रेकथ्रु, भयो  सात बुँदे सहमति

कुलामानका कारण नेपाल-भारत ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा ब्रेकथ्रु, भयो  सात बुँदे सहमति

पोखरा । नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त प्राविधिक टोलीको १७औँ बैठकले  ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति भएको छ ।

नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह-अध्यक्षतामा यही कात्तिक १७ र १८ गते पाेखरामा बसेकाे बैठकमा दुवै देशका प्राविधिक टोलीका सदस्यहरूको सहभागिता थियो ।

बैठकमा विद्युत आदानप्रदान, प्रसारण प्रणालीको सुदृढीकरण र नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा विस्तृत छलफल भएको र सात बुँदामा सहमति जुटेको मन्त्रालयले जनाएको छ। ऊर्जामन्त्रीमा कुलमान घिसिङ आएपछि यी विषयता ताकेका गरेका थिए।  

मुख्य सहमति 

- चमेलिया–जौलजिवी २२० के.भी. प्रसारण लाइन सम्बन्धी दुवै देशले आ–आफ्नो विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेका छन् । संयुक्त डीपीआर नोभेम्बर २०२५ भित्र तयार गरिने र परियोजना सन् २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने सहमति भएको छ ।

- नयाँ बुटवल–गोरखपुर ४०० के.भी. लाइन अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्ने र उत्तर प्रदेश ट्रान्समिसन कम्पनीसँग १५ दिनभित्र विद्युत आदानप्रदान क्षमताबारे थप बैठक गर्ने निर्णय भएको छ ।

- ढल्केवर–मुजफ्फरपुर र ढल्केवर–सितामढी लाइनहरू मार्फत विद्युत आदानप्रदान क्षमताको पुनर्मूल्याङ्कनपछि नेपालले १,५०० मेगावाटसम्म निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको छ ।

- निजगढ–मोतीहारी ४०० के.भी. लाइन को डीपीआर तयार गर्न नेपालले एक महिनाभित्र आवश्यक प्राविधिक विवरण उपलब्ध गराउने र संयुक्त टोलीले संयुक्त डीपीआर तयार गर्ने सहमति भएको छ।

- लमही–लखनउ ४०० के.भी. लाइन को नेपालतर्फको टर्मिनेशन बिन्दु लमही वा कोहलपुर हुने विषयमा अन्तिम अध्ययन संयुक्त रूपमा गरी डीपीआर तयार गर्ने निर्णय भएको छ।

- ढल्केवर–मुजफ्फरपुर ४०० के.भी. लाइन को पुनर्निर्माणमा उच्च तापक्रम सहनसक्ने एचटीएलएस प्रविधि प्रयोग गर्ने तयारी अघि बढाइनेछ ।

- रक्सौल–परवानीपुर र रामनगर–गण्डक १३२ के.भी. लाइनहरूको क्षमता बढाउन यी लाइनहरूको कन्डक्टर एचटीएलएस कन्डक्टरले प्रतिस्थापन गर्नेबारे संयुक्त अध्ययन गर्ने सहमति भएको छ।

- बैठकमा दुवै पक्षले आपसी सहयोग, ऊर्जा सञ्जाल सुदृढीकरण र विद्युत व्यापार विस्तारका विषयमा निरन्तर सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएका छन्।