Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाका घरधनीले छोडे रास्वपा

रास्वपाका घरधनीले छोडे रास्वपा

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ बनस्थलीस्थित चमतीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयका घरधनी डा. भरतमणि देवकोटाले पार्टी परित्याग गरेका छन्। रास्वपाको अनुशासन आयोगको प्रमुख समेत भइसकेका देवकोटाले आफूले पार्टी सदस्यता त्यागेको बताएका हुन्।

जेनजी आन्दोलनको क्रममा अन्य राजनीतिक दलका पार्टी कार्यालयहरू ध्वस्त हुँदा रास्वपाको भने जोगिएको थियो। तर, आन्दोलनलगत्तै देवकोटाले अब पार्टी कार्यालयलाई घर भाडामा नदिने निर्णय आफूले गरेको बताएका थिए। पछि रास्वपाका नेताहरूसँगको छलफलपछि उनी थप केही समयलाई भाडामा दिन उनी तयार भएका थिए। पछिल्लो समय उनले रास्वपालाई उक्त घर छाड्न दबाब दिइरहेका छन्।