Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेताहरूले जेनजीको भावना बुझ्न नसक्दा पार्टी यो अवस्थामा पुग्यो: गगन थापा

नेताहरूले जेनजीको भावना बुझ्न नसक्दा पार्टी यो अवस्थामा पुग्यो: गगन थापा

काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेताहरूले जेनजी आन्दोलनको भावना बुझ्नै नसकेको बताएका छन्। जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले महाधिवेशन नगरी चुनावमा जाने सुविधा नरहेको बताएका हुन्।

  'निर्वाचन अघि महाधिवेशन नगरी जाने हामीसँग सुविधा छैन। नागरिकसँग हामीले हामीलाई फेरि लैजानुपर्ने छ। सबैलाई आग्रह गरौँ,' उनले भने, '२४ घण्टामा उथलपुथल भएर आएको जेनजीको भावना ५५ दिनमा बुझ्न सक्दैनौँ? किन भने हामी झगडा गरिरहेका छौँ।' उनले कांग्रेस केन्द्रीय कार्यसमितिमा भएकाहरूको मात्रै नभई लाखौँ सदस्य र बाहिर रहेको शुभचिन्तकहरूको पनि भएको बताए।

 पार्टीको बिग्रिनुको जिम्मा नेताहरूले लिनुपर्ने र आफूले पनि आफ्नो भागको लिन तयार रहेको उनको भनाइ छ। 'पार्टी यो अवस्थामा पुग्नुको जिम्मेवारी लिनुपर्ने होला। मैले लिनुपर्ने जति लिन म तयार। म लिने ल,' उनले थपे, 'अबको चुनावमा गठबन्धन गर्दैनौँ भनेर जानुपर्ने होला। हामी गर्ने कुरा यो हो भन्नुपर्ने होला। चुनावअघि त हाम्रो कुरा भन्नुपर्यो त्यसका लागि महाधिवेशन आवश्यक छ।'