Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने आफ्नो जवाफमा अडिग, प्रशासनले निकालेको आयोगलाई जवाफ

रवि लामिछाने आफ्नो जवाफमा अडिग, प्रशासनले निकालेको आयोगलाई जवाफ

काठमाडौँ । रवि लामिछानेले नख्खु कारागारबाट आफुलाई प्रशासनले नै बाहिर निकालेको बताएका छन । सोमबार जाँचबुझ आयोगको टोली नख्खु कारगार पुगेर लामिछाने सँग सोधपुछ गरेको थियो । जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ आयोगले सोमबार नख्खु कारागारमै गएर भेट्दा लामिछानेले उक्त कुरा बताएको खुलेको हो ।

रास्वपाका सभापति एवम नेपाल सरकारका पुर्वगृहमन्त्री समेत रहेका लामिछानेले आफ्नो इच्छाले जेलबाट नबाहिरिएको बताएका हुन  । आफू जेलभित्र हुँदा समग्र सुरक्षास्थिति चुनौतीपूर्ण हुने भयो भन्दै आफूलाई तत्कालीन गृह र प्रहरी नेतृत्वले बाहिर पठाएको लामिछानेले जवाफ दिएका छन् । लामिछाने जेल बाट निस्किएपछि अनेक टिकाटिप्पणी भएका थिए ।