काठमाडौँ । रवि लामिछाने सँग जाँचबुझ आयोगले सोधपुछ गरेको छ । नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सँग आयोगले सोधपुछ गरेको हो ।
जेन–जी आन्दोलनमा भएको दमन र आगजनीबारे छानबिन गर्न गठित टोलीले रवि सँग घटनाको बिषयमा सोधपुछ गरेको हो । आयोगको टोली सोमबार नख्खु कारागार पुगेको बताइएको छ ।
आयोगले नख्खु कारागारको निरीक्षण गर्नुका साथै कैदीबन्दीहरूसँग पनि सोधपुछ गरेको खुलेको हो । भदौँ २३ र २४ गते भएको जेन जी आन्दालनमा ठुलो मात्रामा क्षति भएपछि छानबिन गन आयोग नै गठन गरिएको छ ।