Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री सुशिला कार्कीको उत्कृष्ट काम ,पहुँचकै भरमा आफ्नालाई भर्ति गरेपछि करारका सबै कर्मचारी हटाउन निर्देशन

प्रधानमन्त्री सुशिला कार्कीको उत्कृष्ट काम ,पहुँचकै भरमा आफ्नालाई भर्ति गरेपछि करारका सबै कर्मचारी हटाउन निर्देशन

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्की कडा रुपमा प्रस्तुत भएकी छिन । उनले पुर्व सरकारले वापर र पहुँचका आधारमा जागिर दिएका करारका कर्मचारीहरुलाई हटाउन निर्देशन दिएकी हुन । कार्की सरकार बाट धेरैले अपेक्षा गरेका छन भने उनको यस कदमको धेरैले प्रशंसा पनि गरेका छन । नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन दिएको उनको निर्देशनले तरंग नै ल्याएको छ ।  पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएको खुलेको छ । शत्ता र शक्तिको आडमा नेताहरुले आफ्नालाई जागिर दिने गरेको भन्दै निकै आलोचना समेत भैरहेको हुने गरेका छ ।

 भदौँको २३ र २४ गते भएको जेन जी आन्दोन पछि सुशीला कार्की प्रधानमन्त्री बनेकी छिन । कार्कीले ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ। अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन। कतिसम्मको बेथिति हो यो? भन्दै प्रश्न समेत गरेकी हुन । जेन जीहरुले पनि देशमा सुशासन कायम हुनुपर्ने बताउँदै आएका छन । यतिबेला वायुसेवा निगम दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कठोर रूपमा लाग्न पनि कार्कीले निर्देशन दिएकी हुन ।

त्यस्तै उनले निगमभित्रका भ्रष्टाचार छानबिन गरी बनाइएका प्रतिवेदनअनुसार तुरुन्त कारबाही गर्न पनि उनले निर्देशन दिएकी छन्। यस्तै अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदनहरूसुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उनको निर्देशन छ। कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए। प्रधानमन्त्री कार्कीले कतैबाट आउने अनुचित र गैरकानुनी दबाब नसुन्न पनि सुझाव दिइन्।

निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठूलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि उनले प्रश्न उठाइन्। निजी क्षेत्रका सेवा प्रदायकले ठूलो नाफा कमाइरहँदा निगम घाटामा जानुको कारण के हो भनेर पनि उनले प्रश्न गरिन्। ‘सरकारले नै यति ठूलो स्रोतसाधन उपलब्ध गराएको छ।  निगम सञ्चालकसमितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाए। कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल लगायत अधिकारीको उपस्थिति थियो।