Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन शाहको मध्यरातको स्टाटसले सामाजिक सञ्जाल तात्यो,किन भइरहेको चौतर्फी आलोचना ?

बालेन शाहको मध्यरातको स्टाटसले सामाजिक सञ्जाल तात्यो,किन भइरहेको चौतर्फी आलोचना ?

काठमाडौँ । मेयर बालेन शाहको स्टाटसले सामाजिक सञ्जाल पुन तातेको छ। गएराति सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसका कारण बालेनको विरोध हुनुका साथै सञ्जाल नै तातेको हो ।

अश्लील शब्दसहितको स्टाटस उनले पोस्ट गरेको केही समयमै हटाएका थिए । स्टाटसमा भारत, चीन र अमेरिकालाई अश्लील शब्दमा गाली गरिएको थियो ।  

साथै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाको नाम नै उल्लेख गरेर उनले गाली गरेका थिए । शाहको स्टाटसका कारण शाह यतिवेला आलोचित बनिरहेका छन् । सामान्य मर्यादाको पनि ख्याल नगरेको भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध प्रतिक्रिया आइरहेका छन् ।