काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका छन । महानगरको अल्टिमेटम भित्र मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनी समेत मेयर बालेनले दिएका हुन । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीत बनेका संरचना हटाउने निर्णय गरेको हो ।
गत असोज २ गते बसेको संयुक्त बैठकले मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउने निर्णय गरेपछि महानगरले अत्यन्त जरुरी सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई स्वेच्छाले संरचना खाली गर्न वा हटाउन आग्रह गरेको हो।‘ काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका यस्ता सार्वजनिक स्थलमा अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने यसै सूचनामार्फत जानकारी गराइन्छ’ सूचनामा भनिएको छ। सुचनामा लेखिएको छ स्थानीय सरकार सञ्चालन ऐन २०७४ के परिच्देव ७ र दफा ४५ विपरीत भवतजन्य संरचना निमांण गर्न नहुने र सोही ऐनको दफा ९७अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भए गरेका कार्यहरू ७ दिनभित्र हटाइ सहयोग गरिदिनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौँ जिल्ला भित्रका पत्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारवाही गरी खाली गरिने यसै सूचनाद्वारा जानकारी गराइन्छ। पुनश्चः यस्ता स्थान र संरचनाका विषयमा सर्वसाधारण नागरिकले प्लाय २पवतजवलमग। नयख।लउ मा जानकारी उपलब्ध गराउन सक्नुहुनेछ । काठमाडौं महानगरपालिकाले काठमाडौंका खोला किनारमा अतिक्रमण गरेर बसाइएका बस्ती खाली गराउने प्रयास गर्दै आएको छ ।