काठमाडौँ । दलित अभियान्ता खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ । काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई ५० हजार धरौटी लिएर छाड्न आदेश गरेका हुन् । अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए ।
सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र थुनछेकको बहस भएको थियो । सुनारको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताहरू महेन्द्र तामाङ, चक्रमान विश्वकर्मा, बाल्मिकी आउजी, नारायण बुढ़ापृथी, गणेश बराइली, रामबहादुर मिजारले बहस गरेका थिए ।
केहिदिन अगाडी उनलाई प्रधानमन्त्री शुसिला कार्कीले श्रम मन्त्री बनाउने तयारी गरेकी थिईन तर, उनको नाम बिचमै काटिएको थियो । सुनार केही समयदेखि काठमाडौँमा दलित अभियान सञ्चालन गरेर चर्चामा छन्। उनले बिशेष गरि दलित हक अधिकारका लागी निरन्तर आवाज उठाएका छन् । उनले दलितले पनि अरु सरह हक अधिकार तथा सम्मान पाउनु पर्ने भन्दै अभियान नै चलाउँदै आएका छन।