Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेन–जी घाइतेहरूको उपचारमा १ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान, घाइतेहरुको उपचार अझै जारी

जेन–जी घाइतेहरूको उपचारमा १ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान, घाइतेहरुको उपचार अझै जारी

काठमाडौं, भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु र २ हजार ५७१ जना घाइते भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १३ जना घाइते उपचाररत छन्, जसमा ११ जना काठमाडौंका विभिन्न अस्पतालमा छन्।

सरकारले मृत्यु भएका ५३ जनाका परिवारलाई जनही १५ लाखका दरले ७ करोड ९५ लाख रुपैयाँ राहत वितरण गरिसकेको छ। यस्तै, प्रत्येक घाइतेलाई उपचार खर्चका लागि २० हजार रुपैयाँ उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार तत्कालीन भैपरी खर्चका लागि ४८ लाख ५० हजार रुपैयाँ वितरण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइतेहरूको उपचारमा १ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरेको छ। तर धेरै अस्पतालले अझै बिल नपठाएकाले कुल खर्च विवरण एकिन हुन बाँकी रहेको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए।

उनका अनुसार, “जुन अस्पतालमा सबैभन्दा बढी घाइतेले उपचार गराए, ती अस्पतालमा नै अझै घाइतेहरु उपचारमै रहेकाले एकमुष्ट खर्च विवरण आउन सकेको छैन ।”