Shares
Shares
काठमाडाैं, राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको मञ्चमा भाषण गर्दा गर्दा आकस्मिक निधन भएको छ। भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए।
उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका हुन्। एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष गौतम रुपन्देहीमा उद्योगहरूमा भएको विद्युत् कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दै थिए । नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीका १३ वटा उद्योगको लाइन काटेपछि उद्योगीहरूको आन्दोलन सुरु भएको थियो ।
उक्त आन्दोलनमा सहभागी भएका गौतमले आफ्नो भाषण पनि पुरा गर्न पाएनन । कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाएका थिए। उनले श्रमिकहरूलाई एकजुट भएर आन्दोलनमा उत्रिन आह्वान गर्दै भाषण गरिरहेका बेला बेहोस भई ढलेका थिए।बुटवल उपमहानगरपालिका–३, लक्ष्मीनगर निवासी गौतम लामो समयदेखि जिफन्टको नेतृत्वमा सक्रिय थिए। हाल गौतमको शव क्रिमसन अस्पतालमा राखिएको छ भने उद्योगी, व्यवसायी र विभिन्न श्रमिक संगठनका प्रतिनिधिहरू अस्पताल परिसरमा उपस्थित रहेका छन्।बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि जिफन्टमा सक्रिय रूपमा संलग्न थिए। गौतमका दुई छोरा र श्रीमती रहेका छन्।
उद्योगहरूले बक्यौता महसुल नबुझाएको भन्दै प्राधिकरणले गत सातायता दुई दर्जनभन्दा बढी उद्योगहरूको बिजुली काटिसक्यो। योसँगै देशकै ठूला उद्योगहरू बन्द भएका छन्। केही उद्योग जेनरेटरबाट चलिरहे पनि उत्पादन प्रभावित भएको छ। प्राधिकरणको यस्तो व्यवहारले औद्योगिक वातावरण र निजी क्षेत्रको आत्मविश्वासमा गम्भीर असर पारेको व्यवसायीहरूले बताएका छन्।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघले पनि बैठक बोलाएर हालको स्थिति समीक्षा गरेको थियो। कुलमान घिसिङ ऊर्जामन्त्री भएर आएसँगै विद्युत प्राधिकरण र उद्योगहरूबीच लामो समयदेखि चलिरहेको डेडिकेटेड तथा ट्रंक लाइनको बिजुली महसुल विवाद फेरि चर्किएको छ। अहिले घिसिङ जसरी भए पनि बक्यौता उठाएरै छाड्ने अडानमा छन् । त्यहि अनुसार नै उनले बक्यौँता नतिरेका उद्योगहरुको लाईन काटेका हुन् ।
प्राधिकरणले लाईन काटेपछि कतिपय उद्योगहरु धमाधम बन्द हुने स्थिीतिमा पुगेका छन्। विभिन्न उद्योगमा काम गर्न कर्मचारी यतिबेला काम बिहिन आवस्थामा पुगेका छन्। कतिपय उद्योगले कर्मचारी कटौती गर्न थाले पनि समस्या झन चुलिएको छ । कामदारहरुको घरमा चुलो समेत बल्न नसक्ने अबस्था आएको भन्दै उद्योगीहरु आक्रामक बन्न थालेका छन् ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209