काठमाडाैं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज हुने भनिएको सुनुवाई स्थगित भएको छ । बिगो बमोजिमको रकम बुझाई बाहिरै बसेर मुद्दाको पुपक्ष गर्न पाउँ भन्दै लामिछानेले दिएको निवेदनमा आजका लागि सुनुवाई तोकिएको थियो । यनी संगै पुर्व डिआईजी छविलााल जोशिको पनि सुनुवाई स्थगित भएको छ । यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएका कारण दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो । तर छबिलाल जोशीको तर्फबाट लगाउ भएर मुद्दा हटाउँदा रवि लामिछानेको मुद्दाको सुनुवाई पनि स्थगित भएको हो ।
यसअघि बिगोवमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले रविसँगै छविलाल जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो । सुनुवाईका लागि उच्च अदालत तुल्सीपुर बुटवलका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलास तोकिएको थियो । बुटबलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा रवि र छबि थुनामा रहेका छन । पछिल्लो समयमा रविको मुद्धाको छिटो सुनुवाई हुनुपर्ने आवाज उठेको छ ।
भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए ।
जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो । बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो । लामिछाने माथी तत्कालिन सरकमरले प्रतिशोध साँधेको आरोप लागेको थियो । अहिले भने मुद्धा अदालतमा भएकाले प्रकृया पुराएर रिहागर्न सामाजीक सञ्जालमा आवाज उठ्न थालेको छ ।