Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अर्घाखाँचीमा जिप दुर्घटना, आठ जना घाइतेको उपचार जारी

अर्घाखाँचीमा जिप दुर्घटना, आठ जना घाइतेको उपचार जारी

काठमाडौँ, सन्धिखर्कबाट असुरकोटतर्फ जाँदै गरेको यात्रुबाहक जिप दुर्घटनामा परी आठ जना घाइते भएका छन्।

भूमिकास्थान नगरपालिका–६ असुरकोटमा लु १ ज १७०६ नम्बरको जिप ब्रेक फेल भएर करिब १५० मिटर तल खसेको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ। जिपमा ११ जना सवारमध्ये ८ जना घाइते भएका हुन्। घाइतेहरूलाई तत्काल उद्धार गरी सन्धिखर्कस्थित अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।