Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माघ ११ मा राष्ट्रिय सभा निर्वाचन, मन्त्रिपरिषद्को निर्णय

माघ ११ मा राष्ट्रिय सभा निर्वाचन, मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते (January 25) निर्वाचन गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची २ संशोधन गर्दै स्वकीय सचिवालयको दरबन्दी हटाउने निर्णय पनि गरेको छ।

जेन–जी विद्रोहपछि बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन गर्ने म्यान्डेट पाएको छ। त्यसका लागि निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल सुरु गरिसकेको छ।