काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक सिंहदरबारमा बोलाएकी छन्।
बुधबार दिउँसो सुरु भएको बैठकमा ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङबाहेक सबै मन्त्री सहभागी छन्।
घिसिङ ऊर्जा सम्बन्धी सम्मेलनमा सहभागी हुन भारत गएका छन्।