काठमाडौं, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार बिहान प्रहरी महानिरीक्षक (आईजिपी)को सचिवालयमा राजीनामा बुझाएको स्रोतले जनाएको छ।
रानाभाट २०५८ सालमा प्रहरी इन्स्पेक्टरका रूपमा सेवामा प्रवेश गरेका थिए। गत साउनमा एसपीबाट एसएसपीमा बढुवा भएका उनी हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।
परिवारका सबै सदस्य लन्डनमा बसोबास गर्दै आएका र परिवारसँगै बस्न चाहेका कारण राजीनामा दिएको निकट स्रोतले जानकारी दिएको छ। उनका छोराछोरी बुढानीलकण्ठ स्कुलमा अध्ययनरत छन् र हाल लन्डनमा अध्ययन गरिरहेका छन्।