Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ रोकियो

भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ रोकियो

काठमाडौं, मन्त्री नियुक्तिका लागि तयार पारिएका अर्का उम्मेदवार गणपतिलाल श्रेष्ठको शपथग्रहण पनि रोकिएको छ। भूमि सुधार मन्त्रीमा सिफारिस भएका श्रेष्ठ विवादमा मुछिएको भन्दै उनको शपथ तत्काल नहुने भएको स्रोतले जनाएको छ।

श्रेष्ठको नाम सुरुमा पर्यटनमन्त्रीका लागि चर्चामा थियो, तर पछि मन्त्रालय हेरफेर गरी उनलाई भूमि सुधार मन्त्रालयका लागि सिफारिस गरिएको थियो। तथापि, उनको शपथ रोकिएको कारणबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन।

यसअघि श्रममन्त्रीका लागि सिफारिस खगेन्द्र सुनारको पनि शपथग्रहण रोकिने निर्णय भएको थियो। सुनारसँग सम्बन्धित विभिन्न काण्ड र प्रमाण बाहिरिएपछि उनको पनि नियुक्ति प्रक्रियामा रोक लगाइएको हो।

सरकारभित्र मन्त्री चयन प्रक्रियामा देखिएको निरन्तर विवादले समसामयिक राजनीतिक परिस्थिति अझै जटिल बन्दै गएको विश्लेषकहरूको भनाइ छ।