Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाका गणेश कार्कीले जेनजी आन्दोलनमा उत्रिएको स्विकार गर्दै भने कतै ढुंगा हानिनँ, कतै आगो बोकिनँ

रास्वपाका गणेश कार्कीले जेनजी आन्दोलनमा उत्रिएको स्विकार गर्दै भने कतै ढुंगा हानिनँ, कतै आगो बोकिनँ

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता गणेश कार्कीले जेन(जी प्रदर्शनमा आफु पनि उत्रिएको भएतापनि आगो लगाउने र ढुंगा हान्ने काम भने नगरेको बताएका छन । उनले तत्कालिन केपी शर्मा ओली सरकारको कुशासन र दमनविरुद्ध आन्दोलनमा आफु उभिएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, अँ, म आन्दोलनमा गएकै हो ।ओली सरकारले शासनभरि नागरिकको अपमान गरेर, २३ गते शान्तिपुर्ण आन्दोलन गर्नेहरूमाथि गोली बर्षाएर मनमा आगो भरेकै हो । २३ गते त्यस्तरी मान्छे नढलाएको भए २४ गते त्यसरी आउने थिएन । त्यो आगोको जिम्मा ओली सरकार र तिनका मतियारहरूको हो ।  अनि जसले मान्छेको ज्यान भन्दा इटाको धुलो र काठको खरानी ठुलो देख्दै हुनुहुन्छ, र आन्दोलनमा जानेहरूलाई खलनायक भन्दै हुनुहुन्छ, पढ्नुहोला, हो, म आन्दोलनमा गएकै हो । कुशासन मच्चाउने, नागरिकलाई छुसी जति पनि नसोच्ने सरकारको विरोध गरेकै हो ।

अनि, नागरिकलाई मान्छे नगन्नेहरू सत्तामा रहुन्जेल, तिनको वरिपरि घुमेर सत्ताको स्वाद चाख्दै तिनलाई उचाल्नेहरू रहुन्जेल, मान्छे ढाल्दै कुर्सीमा टाँसिए पनि कोही सुरक्षित नहुने रैछ भनेर २४ गतेको आगोले देखाएकै हो ।  मैले कतै ढुंगा हानिन, कतै आगो बोकिन, आगो लागेको कुनै स्थानको कम्पाउन्डमा पनि म थीन तर म सहभागी भएको आन्दोलनमा सरकारी दमनमा परेर होस कि जलेर होस्, मान्छे मरेकोमा जीवनभर दुख लागिरहने छ ।

उनीहरूले र उनीहरूका परिवारले न्याय पाउन । कार्कीले सरकारको दमनकारी नीतिलाई दोष दिँदै आन्दोलनमा सहभागी हुनु आफ्नो नागरिक कर्तव्य भएको जिकिर गरेका हुन ।

यता केही दिन अघि मात्र भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विभिन्न किसिमका अपद्रव तथा आपराधिक गतिविधिमा संलग्न भएका पुर्पक्षका लागि जेल चलान भएका छन । केही दिन अघि मात्र  १२ जनामाथि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमै राखेर अनुसन्धान चलिरहँदा पक्राउ परेका ८२ जना हाजिर जमानीमा छुटेका छन । विभिन्न किसिमका दबाबपछि भदौ २३ र २४ का घटनामा संलग्न ८२ जना दैनिक हाजिर जमानीमा छुटेका छन ।

बयान कागज प्रमाणित गरेर आफन्तको जिम्मामा छाडिएका उनीहरुलाई चाहेको समयमा अदालतमा पेश गरिने प्रहरी परिसरस्रोतले जनाएको छ । ८२ भित्र विभिन्न सरकारी तथा निजी भवनमा आगो लगाउने, तोडफोड गर्नेदेखि लुटपाटमा संलग्न व्यक्तिसमेत छन । विभिन्न सामाजिक सञ्जालको अध्ययन र अनुसन्धानपछि पक्राउ परेका ती व्यक्तिमध्ये सबैजसोले घटनामा संलग्नता स्वीकार गरेका छन । तर, कतिपयले अञ्जानबस गएको भनी बयान दिएको प्रहरीले जनाएको छ ।