काठमाडौं, सुशीला कार्की नेतृत्वको सरकारमा आज चार जना नयाँ मन्त्री थपिँदै छन । आजै शपथ ग्रहण गराउने गरि सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम पनि टुंगो लागेको छ । अब आज चार मन्त्री थपिँदा कार्की नेतृत्वको मन्त्रिपरिषद १२ सदस्यीय हुनेछ। पर्यटनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, स्वास्थ्यमन्त्रीमा सुधा गौतम, युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता र खगेन्द्र सुनारलाई श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउन लागिएको हो । उनीहरूको आजै साँझसम्म शपथको तयारी छ ।
उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताईएको छ । मन्त्रीमा लागि सिफारिस भएकी डा।सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव एवमं स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन । यसअघि सम्भावित स्वास्थ्य मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव संगीता कौशल मिश्राको नाम चर्चामा थियो । त्यसअनुसार उनले पदबाट राजीनामा समेत दिएकी थीन । तर उनीमाथि अख्तियार दुरुयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा अनुसन्धान गरिरहेको थाहा पाएपछि प्रधानमन्त्री सुशीला कार्की पछि हटेकी थीन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही कात्तिक २ गते मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यद्यपि प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीको जिम्मेवारी महिला पूर्वस्वास्थ्य सचिवलाई नै दिने निर्णय गरेकी छन । यस्तै गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन ।
उनले विभिन्न क्षेत्रमा गएर सम्पदा संरक्षणका लागि उल्लेखीय भुमिका खेलेका छन ।यस्तै, खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन । उनी दलितको हक अधिकारका लागि लड्दै आएका छन । ‘दलित खै ?’ भन्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन समेत गरेका थिए । खगेन्द्र दलित अधिकारको पक्षमा यसअघि पनि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका छन । ०७७ जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या लगत्तै खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गरेका थिए । उनले यो मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रुकुमपश्चिमको गेटमा १० दिनसम्म धर्ना दिएका थिए । बब्लु गुप्ता सामाजिक कार्यक्रम सकृय छन ।
साहार नभएकोहरुको साहारा बनेका गुप्ताले विद्यार्थीहरुलाई निशुल्क पढाउने लगायतका सामािजक कार्य गर्दै आएका छन । उनले कोभिडकालमा निःशुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारी अघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए ।
यसअघि मन्त्रिमण्डलमा ८ सदस्य छन्। जसमा कार्की प्रधानमन्त्री, रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री, ओमप्रकाश अर्याल गृहमन्त्री, अनिलकुमार सिन्हा उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री, मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकासमन्त्री र जगदीश खरेल सूचना तथा सञ्चारमन्त्री छन्।