Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

महावीर पुनले दुर्गा प्रसाईलाई फेसबुकबाटै धम्की दिएपछि दुर्गा प्रसाईले भिडियो प्रमाण नै सार्वजनिक गरे।

महावीर पुनले दुर्गा प्रसाईलाई फेसबुकबाटै धम्की दिएपछि दुर्गा प्रसाईले भिडियो प्रमाण नै सार्वजनिक गरे।

काठमाडौं, शिक्षा मन्त्री महावीर पुनले दुर्गा प्रसाईँलाई बिना प्रमाण नबोल्न चेतावनी दिएपछि दुर्गा प्रसाईँले पनि कडा जवाफ फर्काएका छन । प्रसाईँले सन्दुक रुइतलाई बदनाम गर्न खोजेको भन्दै पुनले जथाभावी नबोल्न चेतावनी दिएका थिए । मन्त्री पुनको यस्तो चेतावनी लगत्तै प्रसाईँले भिडियो सहित जवाफ फर्काएका हुन । प्रसाईँले कसैलाई आरोप नलगाएको र प्रमाण भएर मात्रै बोलेको बताउँदै कसैलाई यत्तिकै आरोप लगाउनु आफनो संस्कार नभएको पनि बताएका छन ।

उनले आफनो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, आज बिहानै नेपालका बैज्ञानिक डा महाबिर पुन दाइले फेसबुकमा एउटा  स्टाटस लेखेर सुझाव तथा धम्कि दिनुभएको देखेँ ।  दाइ, मैले आरोप लगाउने न जम्को छ, न त्यो मेरो संस्कार हो । मैले त केवल सत्य बोलेको हुँ । सत्य तितो हुन्छ, तर सत्य बोल्नु गलत होइन । अब प्रश्न यही हो—मैले सत्य बोलेँ कि सुदन भाइले झूट बोले? एक पटक सुदन भाइले आफैँले बोलेको यो कुरा दाइले पनि शान्त भएर सुन्नुहोला... त्यसपछि दाइको मनमा उत्तर आफैँ जन्मिनेछ— “सत्यलाई आरोप भन्ने कि आरोपलाई सत्य भन्ने?” मैले बोलेको कुराको आधार, तथ्य र प्रमाण छन्— त्यसैले आज पनि म ढुक्क छु। म व्यक्तिविरोधी होइन, प्रणाली र गलत नियतविरुद्ध हुँ। मेरा शब्द दाइको सम्मानमा होइन, अन्याय र ढोंगी प्रवृत्तिविरुद्ध हुन्, यो तथ्य नबिर्सिदिनुहोस्। दाइ, राष्ट्रका लागि तपाईंको योगदान ठूलो छ, र तपाईं जस्तो व्यक्तिले सत्य र असत्य बीच निष्पक्ष न्याय गरुन्—बस, मेरो अपेक्षा त्यत्ति मात्र हो। भन्दै लेखेका छन ।

यसअघि पुनले दुर्गा प्रसाईलाई बिनाप्रमाण जथाभावी नबोल्न चेतावनी दिएका थिए उनले लेखेका थिए, दुर्गा भाई, यसरी नै मच्चिदै सयौं मनगढन्त दोषहरु विना ठोस प्रमाण स्वच्छ व्यक्तिहरुलाई लगायौ भने समयान्तरमा घाटा अरुलाई होइन तिमीलाई नै हुनेछ। डा. सन्दुक रुईत जस्तो विश्व प्रसिद्ध आँखाको डाक्टर र समाजसेवी व्यक्तिलाई दुर्गा भाईले चिनेकै रहेनछ भने अरु कुरा के जानेर बोल्यो होला। डा. सन्दुक रुईतलाई बदनाम गर्ने यो दुर्गा भाईलाई सबैले राम्रो संग चिन्नु होला। भन्दै लेखेका थिए । पछिल्ल्लो समयमा जेन जीहरुको सरकार बनेपछि दुर्गा प्रसाईँले विभिन्न मन्त्री र नेताहरु विदेशी एजेन्ट रहेको बताउँदै आएका छन । उनले विदेशीले खेल खेलेको बताउँदै राष्ट्र जोगाउँनु पर्ने बताएका छन ।