Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दाङमा बसको ठक्करबाट वृद्धको मृत्यु

दाङमा बसको ठक्करबाट वृद्धको मृत्यु

काठमाडौं, राप्ती गाउँपालिका–५ का ६५ वर्षीय रामप्रसाद भट्टराईलाई बसले ठक्कर दिँदा मृत्यु भएको छ।

लमही नगरपालिका–५ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडिरहेका भट्टराईलाई लु१ख ९८७६ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

लमही वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेका अनुसार गम्भीर घाइते भएका भट्टराईको लमही अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो।

उनी बिहीबार दिउँसो करिब १ बजेतिर दिदीको घरमा टीका लगाएर फर्किने क्रममा दुर्घटनामा परेका थिए। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।