काठमाडौं, दुर्गा प्रसाईँले अगामी छठपछि नेपाल ठप्प पार्ने गरि देशमा आन्दोलन चर्काउने तयारी गरेपछि अहिले सरकारले प्रसाईमाथि नै निगरानी बढाएको छ । प्रसाईमाथि राजनीतिक व्यवहार नगरिने गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलवार सरकार र दलहरुबीचको बैठकमा बताएपछि उनीमाथि कठोर हुने संकेत मिलेको हो । छठपछि प्रसाईलाई सरकारले कडाइ गर्ने संकेत देखिएको छ । बालेन र सुशीला कार्कीविरुद्ध दिनहु बोल्न थालेपछि यो सरकार आक्रामक बनेको हुनसक्छ । यता प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रसाईले डिजेल, पेट्रोल र खानेकुराको जोहो गरेर राख्न सबैलाई आग्रह गर्दै ब्यापारीहरुलाई आफनो आन्दोलनमा जोडिन पनि आह्वन गरेका छन ।
प्रसाईँले आफूहरुको आन्दोलन यो संविधान फ्याँकेर र वैद्धिक सनातनसहितको हिन्दु अधिराज्य कायम गराएमात्रै पूरा हुने बताए । उनले तबसम्म यो बन्द नै हुने बताए । प्रसाईले भने कात्तिक १५ गते पछाडि पेट्रोल, डिजेल, खानेकुरा राख्नुहोस । नेपाल बन्द हुन्छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म । जबसम्म यो व्यवस्था फ्याँक्दैनौं, यो संविधान फ्याँक्दैनौं । यो संविधान हो सबैभन्दा घाँडो । आफ्नो आन्दोलनको एजेण्डा गरिबहरुको २० लाखभन्दा तलको ऋण मिनाह हुनुपर्ने, बैंक, लघुवित्त र सहकारीले लिलाम गरेर लगेको सम्पत्ति उनीहरुकै नाममा फिर्ता हुनुपर्ने, सरकार ज्ञरेन्टी बसेर २५ वर्षसम्म ऋण तिर्ने सुविधा दिनुपर्ने, देशका शिक्षक, कर्मचारी सबैलाई एक लाखभन्दा बढी तलब दिने, भ्रष्टाचारको अन्त्य गर्ने र देशका किरात, बौद्ध सबैलाई समेटेर हिन्दु अधिराज्य कायम गर्ने रहेको पनि उनले बताए ।
यतिबेला गृहमन्त्रीले भक्तपुरबाट सरकारलाई दुईथरी चुनौति थपिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र दुर्गा प्रसाईतिर संकेत गरेका छन । ओली र प्रसाई दुवैजना भक्तपुरमा बस्छन । एमले नेता महेश बस्नेत पनि भक्तपुरकै बासिन्दा हुन । राजनीतिक दलका नेताहरुले आफूलाई लक्षित गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको र मिडियाबाट पनि आफूले साथ नपाएको गृहमन्त्रीको भनाइ थियो । उनले आफूले भनेका कुरा मिडियाबाट बंज्ञएर आउने गरेको टिप्पणी समेत गरेका थिए । यता नेकपा एमालेले पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन माग गरको छ ।मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको सर्वदलीय बैठकमा एमालेका नेताहरूले यस्तो माग गरेका हुन ।
उक्त बैठकमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीव ज्ञवाली सहभागी थिए।महासचिव पोखरेलले सर्वदलीय बैठकमा रहेका विषयहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन । जसमा पार्टी अध्यक्ष ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन माग गरिएको उल्लेख छ। यी लगायत दश बुँदा सर्वदलीय बैठकमा राखेको भनेर महासचिव पोखरेलले सार्वजनिक गरेका हुन ।