काठमाडौं, हिजो दिउँसो काठमाण्डौं अनामनगरस्थित गायक तथा संगीतकार बाबुल गिरीको स्टुडियोमै गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेपछि अहिले उनै बाबुल गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्टुडियो भित्रै नितुले आत्मदाह प्रयास गरेको घटनामा गायक तथा संगीतकार गिरीलाइए सोधपुछका निम्ति जिल्ला प्रहरी परिसरमा राखिएका छन । नितुले आफनो शरिरमा आगो लगाउदै उनलाई जोगाउन पुगेका गिरी पनि आगोमा परि सामान्य घाईते भएका थिए ।
घटना हुनुअघि उनले फेसबुक स्टोरीमा ‘आज मैले जीवनको सबैभन्दा ठूलो निर्णय लिंदैछु अब’ भनेर पोस्ट गरेकी थिइन्। गिरीलाई कीर्तिपुरस्थित बर्न अस्पतालले शनिबार नै डिस्चार्ज दिएको थियो । डिस्चार्जलगत्तै केही सोधपुछका निम्ति भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । उनी अहिले पनि जिल्ला प्रहरी परिसर, भद्रकालीकै हाताभित्र रहेको प्रवक्ता एसपी पवन भट्टराईले बताए । गिरीलाई म्याद थपेर मुद्दा चलाइहाल्नुपर्ने कुनै कारण नभएको उनले बताए । घटनास्थलमै आगो लागिसकेको अवस्थामा प्रहरीले तत्काल उद्धार गरी उनलाई कीर्तिपुरस्थित जलन उपचार केन्द्रमा भर्ना गरिएको छ। उनको कम्मरभन्दा माथिको अधिकांश भाग जलेको छ । उनी अहिले बोल्न सक्छिन् ।
गिरीको भने हात र खुट्टामा चोट लागेको छ । एसपी पवन भट्टराईका अनुसार, पौडेलको अवस्था अहिले सामान्य रहेको बताइएको छ। घटनापछि गायक बाबुल गिरी पनि अस्पताल पुगेका छन्। यता प्रहरीका अनुसार पौडेल शनिबार दिउँसो अनामनगरस्थित गिरीको स्टुडियो पुगेकी थीन् । सोही क्रममा दुई पक्षबिच विवाद भएको थियो । विवादपछि उत्तेजनामा आएकी पौडेलले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी हुन । पौडेल र गिरी केही समययता प्रेममा रहेको भनेर पनि खबर बाहिरिएको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ का ३३ वर्षीय गिरीले अनामनगरमा यम तिलक नामको स्टुडियो सञ्चालन गर्दै आएका छन । पौडेलले गीत गाउनुका साथै विभिन्न नाटकमा अभिनय पनि गर्दै आएकी छिन् । बाबुल र नितुले ‘सत्य राम कसम’, ‘सिट्ठी मारेर’, ‘उसको नजरमा के’ लगायतका गीतमा सहकार्य गरेका छन् ।
बाबुलका ‘ब्रेकअप सङ’, ‘घामै राजा’, ‘सुतेर उठेको पैसामा’ जस्ता गीत दर्शकमाझ लोकप्रिय छन् । उनका गीतको नेपाली फिल्ममा ठूलो माग छ ।अहिले सामाजिक सञ्जालमा पोस्टपछि केही समयमै भएको यो घटनाले नेपाली संगीत क्षेत्रलाई स्तब्ध बनाएको छ। बाबुल गिरी पछिल्लो समयमा ब्यस्त गायक एवम संगितकार समेत हुन । उनको स्वरमा र संगितमा बनेका थुपै गितहरु अहिले धेरैजसो फिल्लमा राखिदै आएको छ ।उनले ब्यवासयिक रुपमा फिल्महरु संग सहकार्य गरि गित बनाउने र गाउने गर्छन ।उनले गाएका छक्कापञ्जा देखी अन्य नेपाली फिल्मका गितहरु सुपरहिट समेत बनेका छन ।