काठमाडौँ, नेपाली बजारमा आज सुनको मूल्यमा ठुलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रति तोला ४,८०० रुपैयाँले घटेर २ लाख ५३ हजार २ रुपैयाँ पुगेको छ।
गत शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँ प्रति तोला पुगेको थियो। त्यसको तुलनामा आजको गिरावटलाई महत्वपूर्ण परिवर्तनको रूपमा लिइएको छ।
महासंघका अनुसार, चाँदीको मूल्य पनि स्थिर छैन। आज चाँदी प्रति तोला ३,२७५ रुपैयाँमा कारोबार भइरहेको छ।अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य घट्ने संकेत देखिएको छ। आजको दिन अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४,२५० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको महासंघले जनाएको छ।
विशेषज्ञहरूका अनुसार, अमेरिकी डलरको दर, ब्याजदरको अनुमान, र अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक अवस्थाको असरले सुनचाँदीको मूल्यमा उतारचढाव भइरहेको छ।