काठमाडौं, मन्त्री बनेपछि पहिलो पटक सञ्चारमन्त्री जगदिश खरेल बिदेश भ्रमण जाने भएका छन । मन्त्री खरेल कात्तिक २६ मा गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औं ग्लोवल आइसिटी लिडरसिप फोरममा सहभागी हुने कार्यक्रम रहेको छ। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेललाई बिहीबर बसेको मन्त्रिपरिषद बैठककले खरेललाई दक्षिण कोरिया भ्रमण गर्न अनुमति दिएको हो। यता अन्तरिम सरकार गठन भएको केही दिनमै मन्त्री तथा सरकारी कर्मचारीहरूलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाएको छ ।
सरकारले खर्च घटाउने योजना बनाउँदै मन्त्रिपरिषद बैठकबाटै यस्तो निर्णय गरेको हो । अर्थ मन्त्रालयका अनुसार सरकार प्रदेश, स्थानीय तह, संस्थान, प्रतिष्ठान र निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक लगाइएको हो । सरकारको प्रतिनिधित्व सम्बन्धित निकायबाट हुनसक्ने अवस्था भए सम्बन्धित नियोगलाई नै अख्तियारी दीनेछ । सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डल बढीमा १० जना र सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा ३ जना मात्र सदस्य रहेनछन ।
यसैबिच असोज ३० गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २० निर्णय गरेको छ। बिहीबारको बैठकले गरेका निर्णयहरू आज शुक्रबार सार्वजनिक गरिएको हो। बैठकले राजदूत फिर्ता बोलाउने, अस्थायी दरबन्दी स्वीकृत गर्ने, कर्मचारी सरुवा तथा पदस्थापन, अनुदान सहायता स्वीकार गर्नेलगायतका निर्णयहरू गरेको छ।
सरकारले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लागि विश्व बैंकको व्यवस्थापनमा मल्टिडोनर ट्रष्ट फण्डबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खरेलले बताए।
२०८२ असोज ३१ मा भारतमा सञ्चालन हुने दिक्षान्त परेड समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाहलाई सहभागी हुन स्वीकृति दिने। मित्रराष्ट्रहरू चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतको रुपमा कार्यरत नेपाली राजदूतहरुलाई सो पदको जिम्मेवारीबाट मुक्त गरी २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने। २०८२ कात्तिक १७ र १८ मा भारतको नयाँदिल्लीमा आयोजना हुने सेकेण्ड एशिया प्यासिफिक इकमर्स पोलिसी समिट, २०२५ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री लक्ष्मीकुमारी बस्नेतलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने। कार्यक्रमहरूको सत्या ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतका आव २०८२।८३ का लागि अधिकृतस्तरका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने। नेपाली सेनातर्फ एकजना रथीको सरुवा गर्ने, एकजना उपरथीको रथीमा बढुवा गर्ने, पाँचजना सहायक रथीहरूको सरुवा गर्ने र पच्चीसजना महासेनानीहरूको सरुवा गर्ने। त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट रङ्गशाला आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र गुरुयोजना बमोजिमको बाँकी कार्यको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गर्ने। लगतएतका निर्णणहरु गरेको छ ।