काठमाडौं, मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष भोजपुरी भाषामा शपथ लिनुभएको हो ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बुधबार साँझ पाँच दलको समर्थनमा बहुमत प्राप्त गरेका सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । उनलाई पाँच दलका जम्मा ५६ जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए ।