Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेनजी आन्दोलनबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले सेवा पुनः सुरु गर्‍यो

जेनजी आन्दोलनबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले सेवा पुनः सुरु गर्‍यो

काठमाडौं, हालैको जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आजदेखि सेवा पुनः सुरु गरेको छ । मालपोत अधिकृत शोभाखर पोख्रेलका अनुसार अहिले अत्यावश्यक सेवाका साथै नियमित सेवा पनि सञ्चालनमा ल्याइएको छ ।

कार्यालय क्षतिग्रस्त भएकाले सेवाग्राहीलाई प्रतिक्षालयमार्फत सेवा प्रदान गरिँदै आएको छ । अत्यावश्यक सेवा मात्र सीमित नराखी, सक्दो सबै प्रकारका सेवा दिन सकिने गरी प्रयास गरिएको पोख्रेलले जानकारी दिए ।

उनका अनुसार आन्दोलनका क्रममा कार्यालयमा रहेका झण्डै ८० प्रतिशत कागजात पूर्ण रूपमा नष्ट भएका छन्, जसले सेवा पुनः सञ्चालनमा कठिनाइ सिर्जना गरेको छ । यद्यपि, पोखरा महानगरपालिका–११, १२, १३ नम्बर वडा तथा मौजा हेम्जाका कागजात भने सुरक्षित रहेको र अन्य अधिकांश वडाका अभिलेखहरू आगलागीबाट पूर्णरूपमा जलेर नष्ट भएको जानकारी दिइएको छ ।