Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

धनकुटाको निगालेमा बस दुर्घटना, दुई जनाको मृत्यु

धनकुटाको निगालेमा बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ, धनकुटाको निगालेमा बुधबार दिउँसो भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ। विराटनगरबाट महालक्ष्मी नगरपालिका जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा महालक्ष्मी–७ की ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

दुर्घटना धनकुटाको निगालेस्थित सडकखण्डमा भएको हो। प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको साइराम बस अनियन्त्रित भई सडकबाट तल खस्दा घटनास्थलमै दुइजनाको ज्यान गएको हो।

दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको जनाइएको छ।