Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मधेस प्रदेशमा नयाँ सरकार गठनको आह्वान, दलहरूलाई बुधबार अपराह्न ४ बजेसम्म समय

मधेस प्रदेशमा नयाँ सरकार गठनको आह्वान, दलहरूलाई बुधबार अपराह्न ४ बजेसम्म समय

काठमाडौँ, मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतको सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी हुन्।

उनले सरकार गठनका लागि इच्छुक दल वा गठबन्धनले बुधवार अपराह्न ४ बजेसम्म समर्थन जुटाएर दाबी पेश गर्नुपर्ने समय सीमा तोकेकी छिन्।

नयाँ सरकार गठनको आह्वान आजै मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामापछि गरिएको हो। सिंहले पदबाट राजीनामा दिएसँगै मधेस प्रदेशमा राजनीतिक अन्योलको अवस्था सिर्जना भएको थियो।

अब दलहरूले बहुमतको आधारमा साझा उम्मेदवार प्रस्ताव गरेर प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी गर्नुपर्नेछ।

1111.jpg