Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फरेन्सिक परीक्षणबाट विपिन जोशीको शव पुष्टि, गाजामा युद्धको पहिलो महिनामै मृत्यु भएको हुनसक्ने इजरायली सेनाको दाबी

फरेन्सिक परीक्षणबाट विपिन जोशीको शव पुष्टि, गाजामा युद्धको पहिलो महिनामै मृत्यु भएको हुनसक्ने इजरायली सेनाको दाबी

काठमाडौँ, हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको शव फरेन्सिक परीक्षणमार्फत पुष्टि भएको छ। हमासले सोमबार राति विपिनसहित चार जनाको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको थियो।

इजरायली सेनाले मंगलबार पुष्टि गर्दै चारैजनाको पहिचान फरेन्सिक परीक्षणमार्फत निश्चित गरिएको जनाएको छ। इजरायली सैन्य स्रोतका अनुसार शव परीक्षण तेलअभिभस्थित अबु काबिर फरेन्सिक संस्थानमा गरिएको हो। परीक्षणपछि उनीहरूको मृत्युको कारण र अवस्थाबारे अन्तिम रिपोर्ट सार्वजनिक गरिने जनाइएको छ।

विपिन जोशीका दाजु किशोर जोशीले पनि शव पहिचान भएको पुष्टि गर्दै  कान्तिपुरसँग भने, “विपिनको शव पुष्टि भएको खबर पाएका छौं। तर नेपाल कहिले ल्याउने भन्ने मिति भने दिइएको छैन। आवश्यक प्रक्रिया पूरा भएपछि जानकारी दिने बताएका छन्।”

इजरायली सेनाले विपिनको हत्या युद्धको पहिलो महिनामै, गाजामा कैद गरिएको अवस्थामा भएको दाबी गरेको छ। तर हमासले भने इजरायली हवाई आक्रमणको क्रममा विपिनको मृत्यु भएको जनाएको थियो।