Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निजी मेडिकल कलेजहरूको भनाइ : 'सरकारी सरह पारिश्रमिक दिन सक्दैनौं'

निजी मेडिकल कलेजहरूको भनाइ : 'सरकारी सरह पारिश्रमिक दिन सक्दैनौं'

काठमाडौँ, नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नर्सहरूलाई दिन नसकिने स्पष्ट पारेको छ। एसोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै सरकारी सरह पारिश्रमिक र सेवा सुविधा निजी क्षेत्रले धान्न नसक्ने भन्दै विरोध जनाएको हो।

एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र कार्कीद्वारा पठाइएको पत्रमा निजी मेडिकल तथा डेन्टल कलेजहरूको आर्थिक संरचना, लगानी मोडेल र सेवा प्रणाली सरकारी संस्थाभन्दा पूर्ण रूपमा फरक भएकाले यस्तो पारिश्रमिक दिन असम्भव भएको उल्लेख छ।

स्वास्थ्य मन्त्रालयले २०८१ मंसिर २७ गते निर्णय गर्दै नर्स र अन्य स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक रु ३४,७३० कायम गर्ने र नेपाल सरकारसरह सेवा सुविधा घटाउन नपाइने निर्देशन दिएको थियो।

तर यो निर्देशन कार्यान्वयन नभएको भन्दै कास्कीस्थित मणिपाल मेडिकल कलेजका नर्सहरू आन्दोलित छन्। आन्दोलनपछि मन्त्रालयले फेरि पत्र पठाउँदै सरकारी सरह पारिश्रमिक दिनैपर्ने अडान दोहोर्याएको थियो।

यही सन्दर्भमा एसोसिएसनले पुनः पत्र पठाएर निर्देशन कार्यान्वयन असम्भव भएको भन्दै आपत्ति जनाएको हो।