Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको भाउले तोड्यो रेकर्ड, तोलाको मूल्य दुई लाख ४८ हजार नाघ्यो

सुनको भाउले तोड्यो रेकर्ड, तोलाको मूल्य दुई लाख ४८ हजार नाघ्यो

काठमाडौँ, नेपाली बजारमा सुनको मूल्यले नयाँ इतिहास रचेको छ। सोमबार प्रतितोला दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, मंगलबार आठ हजार एक सयले बढेर दुई लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । 

सुनको मूल्यमा आएको यो ऐतिहासिक वृद्धि केवल नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत देखिएको छ।  

चाँदीको मूल्य एक सय पाँच रुपैयाँले बढेर प्रतितोला तिन हजार तिन सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।