Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुखद खबर :विपिन जोशी जीवित नरहेको भन्दै परिवारजनलाई आयो खबर

दुखद खबर :विपिन जोशी जीवित नरहेको भन्दै परिवारजनलाई आयो खबर

काठमाडौं, हमासको कब्जामा रहेका विपिन जोशी जीवित नभएको समाचार बाहिरिएको छ । इजरायली अधिकारीले परिवारजनलाई सम्पर्क गरेर दुई वर्षअघि हमासको कब्जामा रहेका बिविन जोशी जीवित नभएको  जानकारी दिएका छन । आज इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी, इजरायली सेनाको कमाण्डरले अमेरिकामा रहेका आमा र बहिनीलाई तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई भर्खरै यो जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले टेलिफोनमा जानकारी दिएको नया पत्रिकाले लेखेका छन । हमास समूहले उनलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो। उनी सोही वर्ष मंसिरसम्म जीवित रहेको भिडयो सार्वजनिक भएको थियो। हमास समूहले आज उसको कब्जामा रहेकी २० जनालाई इजरायल समक्ष हस्तान्तरण गर्दैछ।

राजदुत पण्डितले इजरायलबाट टेलिफोनमा भने–विपिन जोशी जीवित हुनुहुन्न भन्ने दुःखद खबर औपचारिकरूपमा प्राप्त भयो ।इजरायली अधिकारीले सुरूमा मलाई जानकारी दिए, त्यसपछि परिवारजनलाई जानकारी दिए । उनको शवको बारेमा पनि यकिन छैन ।

रिहा हुने तयारीमा रहेका २० जीवित बन्धकहरूको नाम भित्र नेपालका बिपिन जोशीको नाम भेटिएको थिएन । प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ । जुन सूचीमा विपीन जोशीको नाम उल्लेख थिएन । यहमासका बन्धकहरुलाई अन्तर्राष्ट्रिय रेडक्रसको रोहबरमा इजरायल  सेनालाई  जिम्मा लगाइने छ । बन्धकहरु रिहाइ हुने भएपछि गाजा स्ट्रिपमा अहिले अन्तर्राष्ट्रिय रेडक्रमका प्रतिनिधिहरु पुगिसकेका छन ।

चौबिस वर्षीय नेपाली युवा विपीन जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुग्नुभएको थियो । उहाँ कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत हुनुहुन्थ्यो । कार्यक्रमका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाको क्रममा फ्याँकिएका जीवित ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपीन जोशी घाइते भएर अपहरणमा पर्नुभएको थियो ।

उहाँकी १७ वर्षीया बहिनी पुष्पा जोशीले आफ्ना दाजुको रिहाइका लागि अहोरात्र प्रयास गरिरहनुभएको छ । विपीनको परिवार भने आशाको झिल्को निभ्न नदिई, दाजु–छोरा फर्किने दिनको प्रतीक्षा गर्दै अझै पनि प्रतीक्षामा छ ।