Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कान्तिपुर भेट डिस्ट्रिब्युटर्सकी सञ्चालक सुना सुवेदी पक्राउ, प्रतिबन्धित औषधि आयातको आरोप

कान्तिपुर भेट डिस्ट्रिब्युटर्सकी सञ्चालक सुना सुवेदी पक्राउ, प्रतिबन्धित औषधि आयातको आरोप

काठमाडौँ,  कान्तिपुर भेट डिस्ट्रिब्युटर्सकी सञ्चालक तथा अध्यक्ष सुना सुवेदीलाई प्रहरीले किर्ते कागजात बनाएर प्रतिबन्धित पशु औषधि आयात र बिक्री गरेको आरोपमा पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी शिवकुमार श्रेष्ठका अनुसार सुवेदीलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको हो।

सर्लाहीको ईश्वरपुर स्थायी घर भई काठमाडौं महानगरपालिका–१३ मा बसोबास गर्दै आएकी सुवेदी ललितपुरमा सञ्चालित कान्तिपुर भेट, एक ठुलो भेटेनरी कम्पनीको सञ्चालक हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, कम्पनीले पशु सेवा विभागबाट स्वीकृत भन्दा बाहिरको औषधि—जसमा फिड सप्लिमेन्ट, प्रोबायोटिक्स, भिटामिन, मिनरल र टक्सिन बाइन्डर भन्दा बाहिरका प्रतिबन्धित सामग्रीहरू—किर्ते कागजातमार्फत आयात गरी बिक्री गर्दै आएको खुलेको छ।

शुक्रबार पक्राउ गरिएकी सुवेदीमाथि अहिले किर्ते सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। स्रोतका अनुसार, ओली नेतृत्वको सरकार हुँदा तत्कालीन महान्यायाधिवक्ता रमेश बडालको संरक्षणका कारण उनी अघिल्लो पटक कारवाहीबाट जोगिएको प्रहरी अधिकारीहरू बताउँछन्।