काठमाडौँ, राजा आऊ देश बचाऊ चन्दै सिडिओको आदेशलाई अवज्ञा गर्दै राजावादीहरूले जुलुस निकालेका छन । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशलाई अवज्ञा गर्दै सामाखुशीमा राजावादीहरूले जुलुस निकालेका छन्। सन्तोष राजावादीको नेतृत्वमा राजा चाहियो भन्दै नाराबाजी गरेका हुन्। अहिले प्रदर्शनकारीलाई प्रहरीले घेरा हालेर राखेको छ। अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन। उनीहरूले राजा आऊ देश बचाऊ , हत्यारा सरकार मुर्दावाद, गणतन्त्र मुर्दावाद, हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ, नारा लगाएका थिए। प्रहरीको घेराभित्र सामाखुसी चोकमा २० मिनेटजति नाराबाजी गरेका उनीहरूले फेरि अर्को शनिबार प्रदर्शन गर्ने बताएका छन्।
एमालेको राष्ट्रिय युवा संघले जुलुस निकाल्ने भनेपछि हिजो शुक्रबार मात्र काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी शान्ति सुरक्षाको स्थिति बनाइराख्न भन्दै अनुमति दिएको थिएन। उनीहरूले यसअघि सामाखुसी चोकमा जम्मा भएर नारायणहिटी जाने कार्यक्रम तय गरेका थिए । तर हिजो काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नदिने सूचना निकालेपछि उनीहरूले सामाखुसी चोकमा प्रदर्शन गरेका हुन ।
यता आज नेकपा एमाले निकट युवा संघले कार्यक्रम गर्ने तयारी गरिरहेका बेला सरकारले प्रदर्शन तथा सभा कार्यक्रममा रोक लगाएको थियो। युवा संघले आजकाठमाडौँमा मोटरसाईकर्ल याली र सभा गर्ने तयारी गरिरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौँर्ले याली, धर्ना, जुलुश, सभा तथा प्रदर्शन कार्यक्रममा रोक लगाएको हो । राष्ट्रिय युवा संघ नेपालले भोली देश भक्ती र राष्ट्रिय एकताको सन्देशका लागि भन्दै मोटरसाईकर्ल यालीको आयोजना गर्ने घोषणा गरेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सूचना जारी गर्दै शनिबारका दिन फरक(फरक समूहहरूले काठमाडौंका विभिन्न स्थानहरुमा मोटरसाइकल ऱ्याली तथा सभा गर्ने भनी सूचना आएको भन्र्दै याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले कोही कसैलाई स्वीकृत नदिने प्रस्ट पारेका छन । जिल्ला प्रशासन कार्यालयले पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न समेत आग्रह गरेको छ। स्थानीय प्रशासनको यस्तो निर्णयपछि एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको कार्यक्रम नै अन्यौलमा परेको हो । सूचनामा भनिएको छ, ‘शान्ति सुरक्षाको स्थिति बनाईराख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सूचारु गर्ने कार्यहरु शुरु भएका छन्।
यसै सिलसिलामा विभिन्न समूहहरुबाट हुने भनिएर्का याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पर्नि याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ।’ पूर्व स्वीकृतिविना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।