Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शिक्षक नियुक्तिमा घुसकाण्ड : प्रधानाध्यापकसहित दुई जना घुससहित रंगेहात पक्राउ

शिक्षक नियुक्तिमा घुसकाण्ड : प्रधानाध्यापकसहित दुई जना घुससहित रंगेहात पक्राउ

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटमा भएको एक घुसकाण्डमा संलग्न रहेका विद्यालयका प्रधानाध्यापकसहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ। आयोगको टोलीले जय किसान माध्यमिक विद्यालय, धरहरीका प्रधानाध्यापक सञ्जयप्रसाद र स्थानीय बिचौलिया अरविन्द प्रकाश साह लाई ४ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको हो।

घटना वीरगञ्ज महानगरपालिका–१३, अदातरोस्थित एक होटलमा भएको हो, जहाँ उनीहरू घुस रकम बाडफाँड गरिरहेको अवस्थामा आयोगको टोलीले समातेको हो। आयोगका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलका अनुसार, विद्यालयमा शिक्षक पदका लागि गरिएको विज्ञापनमा उम्मेदवारबाट रकम असुल्न बिचौलियासँग मिलेमतो गरिएको थियो।

अख्तियारले उनीहरूमाथि प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ र थप अनुसन्धानका लागि हिरासतमा लिएको जनाएको छ। सार्वजनिक विद्यालयमा हुने नियुक्ति प्रक्रियामा यसरी घुस लिने घटनाले शिक्षा क्षेत्रमा गम्भीर प्रश्न उठाएको छ।