Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनका लागि उम्मेदवारी आह्वान गर्ने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनका लागि उम्मेदवारी आह्वान गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कात्तिक १५ गते भित्र फागुन २१ को निर्वाचनका लागि उम्मेदवारी आह्वान गर्ने तयारी गरेको छ । 
आज बसेको सचिवालय बैठकले प्रस्ताव गरिएको एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिका लागि सुझाव संकलन गरी कात्तिक १५ गते भित्र उम्मेदवारी आहनको तयारी गर्ने निर्णय गरेको हो । 
उम्मेदवार छनोटको विधिका लागि सुझाव संकलन गर्न सहमहामन्त्री विपीनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गरेको छ । 

रास्वपाले भनेको छ,  ‘आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रस्तावित एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिमा प्रदेश मार्फत् जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय भएको छ। उक्त कार्यदललाई सुझाव संकलनको लागि सात दिनको समयावधि तोकी कात्तिक १५ भित्र उम्मेदवारी आह्वानको तयारी गर्ने पनि निर्णय भएको छ,’ ।